छ्याङ्गदी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको स्वीकृति
१२ बैशाख २०८२, शुक्रबार १३:२१

काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा जम्मा ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद शेयर निष्कासन गर्न स्वीकृति पाएको हो।
कम्पनीले हकप्रद शेयर निष्कासनबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्नेछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।