नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
१२ बैशाख २०८२, शुक्रबार १३:५१

काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।
मिथिलाको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस शेयर र श्री इन्भेष्टमेन्टको १.८६५९ प्रतिशतले हुन् आउने १ लाख ८३ हजार १६८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अब आइतबारदेखि उक्त शेयर कारोबारमा आउनेछ ।