शेयर संरचना परिवर्तन गर्दै एनएमबि लघुवित्त
१२ बैशाख २०८२, शुक्रबार १३:५९

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशत बनाउने भएको छ।
अर्थात् कम्पनीले ९ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न लागेको हो।
आफ्नो संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीलाई अबको २१ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन कम्पनीले आग्रह गरेको छ।
आवेदन प्राप्त नभएमा शेयर परिवर्तन गर्न मञ्जूर रहेको ठानी सोही अनुसार प्रक्रिया अघि बढाइने कम्पनीले बताएको छ।