घट्यो पुँजी बजारः कारोबार रकममा भने रौनक, कहिले पुग्ला मार्केट उचाईमा ?

काठमाडौँ । दिनभरको उतार चढाबपछि बजार आज अन्तिम समयमा घट्न पुगेको छ । बुधबार उच्च सुधार आएको बजार आज भने घट्न पुगेको हो ।
गभर्नर नियुक्ति आइरहेको विवादले अन्यौलमा परेका लगानीकर्ता हिजो सुधारपछि आज शेयर बिक्री गर्ने हाबि भएको देखिएको छ । मनोबल कमजोर भएको हुँदा लगानीकर्ता लगानी गर्ने डराइरहेको अवस्था छ ।
शेयर बजारले अहिले मुख्यगरी दुई वटा कुरा पर्खिरहेको अवस्था छ । लगानीकर्ताले पुँजी बजारमैत्री गभर्नर र आगामी आर्थिक वर्षको बजेट पर्खि रहेका हुन् । जस कारण यो समयमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । यी दुई माग सम्बोधन हुन सके बजार नयाँ रौनक आउने विश्वास लगानीकर्ताहरुले गरिरहेका छन् ।
बैंकहरूको ब्याजदर घट्दै जानु, तरलताको सहजता तथा धितो कर्जाको प्रवाहले बजारलाई टेवा दिएको छ । अब आगामी बजेटमार्फत लगानीमैत्री योजना र माग पक्ष सबल बनाउने कार्यक्रम ल्याउन सकेमा बजारमा नयाँ ऊर्जा आउने विश्वास गरिएको छ । यस्तै सिजनको सुरुआतसँगै बजारमा बिस्तारै चहलपहल बढ्ने अपेक्षा गरिएको छ ।
लगानीकर्ताले यसै सन्दर्भमा बलिया वित्तीय सूचक भएका कम्पनीमा दीर्घकालीन सोचसहित लगानी गर्नुपर्ने सल्लाह विश्लेषकहरू दिइरहेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.६० अकंले घटेर २६६१.०८ बिन्दूमा कायम भएको छ । आज ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार कित्ता शेयर किनबेच भएको हो । कारोबार रकममा भने यसदिन दिन रौनक आएको छ । बिहिबार ११ अर्ब ६५ करोडको शेयर कारोबार भएको हो ।
यसदिन फाइनान्स कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । उक्त परिसूचकको शेयर मूल्य ४.१६ ले वृद्धि भएको हो । ६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ ।
यता, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो, क्रेष्टि माइक्रो, छ्याङ्दी हाइड्रोपावर र ओम मेगाश्रीको शेयरमा सर्किट लागेको छ ।