बिहीबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल
२५ बैशाख २०८२, बिहीबार १५:११

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री र छ्यांङ्गदी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक मुनाफा कमाउन सफल भएका छन् ।