नेको इन्स्योरेन्सको शेयर खरीदका लागि परेको बोलपत्र आज खोलिने

२६ बैशाख २०८२, शुक्रबार ०७:०७

काठमाडौं । नेको इस्योरेन्स लिमिटेडले अवितरित हकप्रद शेयर खरीदका लागि परेको बोलपत्र आज बिहान १० बजे खोल्ने भएको छ।

यस कम्पनीको ४ः१ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेकोमा संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता शेयर बाँकी रहेको थियो।

कम्पनीले सोही शेयर गत वैशाख १२ देखि २१ गतेसम्म बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्न आवेदन माग गरेको थियो। सोही अवधिभर परेका खोलपत्रहरू आज बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालयमा खोलिने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*