लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२६ बैशाख २०८२, शुक्रबार ०९:२७

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु पर्नेछ।

साथै उक्त म्यादभित्र संस्थापक शेयरधनीबाट खरीदका लागि पर्याप्त आवेदन नपरेमा बाँकी शेयर सर्वसाधारणलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*