राप्ती हाइड्रोले शत प्रतिशत हकप्रद ल्याउने, बोर्डले दियो अनुमति
२६ बैशाख २०८२, शुक्रबार ११:०४

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा शत प्रतिशत हकप्रद निष्काशनको लागि राप्ती हाइड्रोले आवेदन दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस कम्पनीमा राधी विद्युतको २१.०५ प्रतिशत सेयर लगानी रहेको छ ।