एनएमबि लघुवित्त नाफामा, लाभांश क्षमता कति?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।
गत वर्ष यस अवधिसम्म करीब साढे ७ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा आर्जन गर्न सफल भएको हो।
कम्पनीको खुद ब्याज आम्दानी गत वर्ष १७ करोड ५३ लाख रूपैयाँ रहेकोमा यस वर्ष ५८ प्रतिशतभन्दा बढीले वृद्धि भएर २७ करोड ८६ लाख रूपैयाँ नाघेको छ।
कम्पनीको कुल सञ्चालन आम्दानी पनि गत वर्ष २० करोड ६३ लाख रूपैयाँ रहेकोमा यस वर्ष साढे ५३ प्रतिशतले वृद्धि भएर ३१ करोड ६६ लाख रूपैयाँ नाघेको छ।
चु्क्ता पूँजी ७२ करोड १४ लाख रूपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ७ करोड रूपैयाँ, रिजर्भमा २० करोड रूपैयाँ छ भने जगेडा कोषमा ४ करोड ४० लाख रूपैयाँ ऋणात्मक छ।
गत वर्ष १३.८५ रुपैयाँ ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर आम्दानी यस वर्ष ५.०९ रूपैयाँ धनात्मक भएको छ भने प्रतिशेयर नेटवर्थ १३१.७९ रूपैयाँ छ।
खराब कर्जा ८.२९ प्रतिशतबाट घटेर ५.५९ प्रतिशत कायम भएको कम्पनीको वितरणयोग्य नाफा १ करोड ७९ लाख रूपैयाँ रहेको छ।