पियोर इनर्जीको आइपीओ डिम्याट खातामा, कहिले हुन्छ नेप्सेमा सूचीकृत ?

२९ बैशाख २०८२, सोमबार १६:४९

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ सम्बधित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । उक्त आईपीओ डिम्याट खातामा जम्मा भएसँगै अब नेपाल स्टक एक्सचेन्जमा सूचीकृतको प्रक्रियामा रहेको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले सर्वसाधारणलाई गत चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो।

यो आइपीओमा कुल १८ लाख ५४ हजार ४९७ आवेदकबाट २ करोड १० लाख ५३ हजार ४६० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो। जसमा १८ लाख ४६ हजार ६६४ आवेदकबाट माग भएको २ करोड ९ लाख ४९ हजार ६० कित्ता शेयर सदर भएको थियो भने ६ हजार ४२६ आवेदकबाट परेको १ लाख ४ हजार ४०० कित्ता शेयर बदर भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको थियो । जसमा भाग्यमानी १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। सदर आवेदनमध्ये १७ लाख २७ हजार १४४ आवेदकबाट हात खाली भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*