शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव सहित दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा

३० बैशाख २०८२, मंगलवार ११:५९

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आउँदो जेठ २२ गते मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजे गत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ।

सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोका लागि आवश्यक कार्य गर्न, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न र अन्य कम्पनीसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने छ।

यसका साथै गत दुई आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी गत आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने छ।

साथै सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा अनुमोदन गर्ने कार्य पनि सभाले गर्ने छ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा जेठ ७ गतेसम्म नेप्सेमा कायम शेयरधनीमात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*