हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
३० बैशाख २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन विभिन्न कम्पनीहरुको नौ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।
मंगलबार युनिभर्सल पावर कम्पनीको ६७ करोड २० लाख रुपैयाँ, ङादी ग्रुप पावरको ५२ करोड ९० लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड २५ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४७ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।