क्रेष्ट माइक्रो र ओम मेगाश्री सहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
३० बैशाख २०८२, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार १४.२४ अंकले घटेर बन्द हुँदा पनि क्रेष्ट माइक्रो र ओम मेगाश्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै जोशी हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंक, एलआईसी नेपाल, हिमालयन डिष्टिलरी, युनिभर्सल पावर, स्वेत गंगा हाइड्रोपावर र हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक बढेको छ।
क्रेष्ट माइक्रोको प्रतिकित्ता शेयर मूल्य २२३४.८० रूपैयाँ पुगेको छ भने ओम मेगाश्रीको ५२५.९० रूपैयाँ पुगेको छ।