नेप्सेमा छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा मूल्य समायोजन
१ जेष्ठ २०८२, बिहीबार १७:१०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा छ्याङ्दी हाइड्रोपावर लिमिटेडको १०० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ ।
बिहीबारको ४७८.२२ रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात यस कम्पनीको शेयर मूल्य २८९.११ रुपैयाँ कायम भएको छ ।
अब सोही मूल्यलाई आधार मानेर आइतबार यस कम्पनीको सेयर कारोबार खुला हुनेछ ।