प्रतिकित्ता एक सयमै दोर्दी खोलाको साढे १९ लाख कित्ता शेयर लिलामीमा, सबैले किन्न पाउने

२ जेष्ठ २०८२, शुक्रबार ०८:१६

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १९ लाख ४६ हजार ६७६ कित्ता अवितरित हकप्रद शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको छ।

जसमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख ३५ हजार ९५६ कित्ता शेयर रहेको छ जुन असार ७ गतेसम्म लकइनमा रहनेछ। त्यस्तै बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि सर्वसाधारण समूहकै रहेको छ भने यो शेयर लकइनमा छैन।

यसमा इच्छुक खरीदकर्ताले यही जेठ ११ गतेदेखि १९ गतेसम्म आवेदन दिन सक्नेछन्। शेयर खरीदका लागि आवेदन दिंदा घटीमा १ सय कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*