पुनर्बीमा र हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
४ जेष्ठ २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले घटेको छ । आइतबार नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यस दिन कम्पनीको ७० करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ५१ करोड ३६ लाख रुपैयाँ, राधि विद्युत कम्पनीको ४८ करोड ४२ लाख रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ४३ करोड ८१ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ४२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।