राधी र ङादी लगानीकर्ताको रोजाइमा, अरू कुन कम्पनीको भयो बढी कारोबार?

६ जेष्ठ २०८२, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार रूपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

जसमध्ये राधी ग्रुपको सर्वाधिक ४१ करोड ८० लाख रूपैयाँ, ङादी ग्रुपको ३६ करोड ८३ लाख रूपैयाँ र युनिभर्सल पावरको ३१ करोड ७४ लाख रूपैयाँको कारोबार भएको छ।

त्यसैगरी आज सानिमा माई हाइड्रोको ३० करोड ४९ लाख रूपैयाँ, सोल्टी होटलको २९ करोड २८ लाख रूपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको २७ करोड ८४ लाख रूपैयाँको शेयर किनबेच भएको छ।

यता चन्द्रागिरी हिल्सको २३ करोड ५४ लाख रूपैयाँ, नेपाल रिको २३ करोड ५२ लाख रूपैयाँ, गार्डियन माइक्रो लाइफको २० करोड ९१ लाख रूपैयाँ र हिमालयन रिको १७ लाख ७१ हजार रूपैयाँको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*