गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने भएसँगै शेयर बजारमा उछाल, लगानीकर्ता उत्साहित

६ जेष्ठ २०८२, मंगलवार १५:०५

काठमाडौं । लामो समयदेखि रोकिरहेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने भएसँगै शेयर बजारमा उछाल छाएको छ।

शेयर बजारमा उछाल आएसँगै सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। लगानीकर्ताहरु पनि गभर्नर नियुक्ति प्रकृया अघि बढ्ने भएसँगै उत्साहित भएका छन् ।

आज नेप्से ५३ अंकले बढ्दा २६८१।३६ को विन्दुमा कायम भएको छ । ३१० सूचीकृत कम्पनीको १ करोड ६८ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ७ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ।

तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । भने रादी विधुत्को सर्वाधिक शेयर कारोबार भएको छ । होटल एण्ड टुरीजम र विकास बैंकको सेक्टरमा उछाल आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*