शेयर बजारमा हरीयाली छाँउदा यी कम्पनीको शेयर मूल्य बढ्यो

६ जेष्ठ २०८२, मंगलवार १५:१४

काठमाडौं । शेयर बजारमा आज गभर्नर नियुक्ति प्रकृया अघि बढाउने सरकारले तयारी गर्दा उत्साहपूर्वक बजार बढेको छ।

शेयर बजारमा सुधार आउदा तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।

सिन्धु विकास बैंक, सप्तकोशी विकास बैंक, ओम मेघा श्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, राप्ती हाईड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, मनकामना इन्जिनयरिङ्ग, मातृभूमि लघुवित्त, जोशी हाईड्रोपावर, युनिभर्सल पावर र मिड सोलुको शेयर मूल्य वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*