राधी र माउण्टेन इनर्जीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

७ जेष्ठ २०८२, बुधबार १५:०५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घट्दा १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रूपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

जसमध्ये राधी जलविद्युत कम्पनीको ७१ करोड ३ लाख रुपैयाँको शेयर किनबेच भएको छ भने दोस्रोमा माउण्टेन इनर्जीको ५९ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यसैगरी ङादी ग्रुपको ५७ करोड ८३ लाख रुपैयाँ, युनिभर्सल पावरको ४३ करोड २२ लाख रुपैयाँ, हिमालयन रिको ३७ करोड २९ लाख रुपैयाँ र नेपाल रिको ३४ करोड ९१ लाख रुपैयाँबढीको शेयर कारोबार भएको छ।

यता एनआरएन इन्फ्रास्ट्रक्चरको ३४ करोड ९१ लाख रुपैयाँ, सानिमा माई हाइड्रोको ३२ करोड ६५ लाख रुपैयाँ, सोल्टी होटलको २४ करोड १५ लाख रुपैयाँ र सांग्रिला विकास बैंकको २३ करोड २० लाख रुपैयाँबढीको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*