गभर्नर डा.पौडेललाई हरीयालीले स्वागत गरेको शेयर बजार आज किन घट्यो ?

७ जेष्ठ २०८२, बुधबार १५:०९

काठमाडौं । गभर्नर डा। विश्व पौडेललाई हरीयालीले स्वागत गरेको शेयर बजार आज ओरालो लागेको छ ।

शेयर बजारको बिषयमा डा। विश्व पौडेलको पुराना सकारात्मक अभिव्यक्तिहरुको कारण पनि बजारमा हिजो रौनकता छाएको थियो ।

शेयर बजारलाई नजिकबाट नियालिएका व्यक्तिले केन्द्रिय बैंकको जिम्मेवारी पाँउदा लगानीकर्ताको हित हुनेमा लगानीकर्ताहरु विश्वस्त छन् । तर गभर्नरलाई स्वागत गरेको बजारले आजदेखि कार्य जिम्मेवारी सम्हाल्दा चाँहि ओरालो यात्राको बाटो देखाएको छ।

आज शेयर बजार ६।६० अंकले घटेर २६७०।८५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३१६ कम्पनीको २ करोड २३ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा १० अर्बमाथिको शेयर कारोबार भएको छ। हिजो सबै सूचकमा हरीयाली छाएको थियो भने आज चार सूचकमा मात्रै हरीयाली छाएको छ। बाँकि सबै राताम्मे भएको छ।

नोट:अन्तिम १५ मिनेटको कारोबारको औसत गणना बजार बन्द भएको केही समयपछि मात्र आउने भएकाले त्यसपछि नेप्से सूचकमा सामान्य तलमाथि हुन सक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*