एमबीएल इक्विटी फण्डको इकाई नेप्सेमा सूचीकृत

८ जेष्ठ २०८२, बिहीबार ०७:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार एमबिएल इक्विटी फण्डको इकाई सूचीकृत भएको छ।

उक्त दिन नेप्सेमा प्रतिकित्ता १० रूपैयाँ अंकित मूल्यका १२ करोड १६ लाख २५ हजार ३३० इकाई सूचीकृत भएको हो।

नेप्सेले यसलाई कारोबारका लागि ‘एमबीएलइएफ’ सिम्बोल दिएको छ। आज बिहीबारदेखि यही सिम्बोलबाट कारोबारमा आउने छ।

1747810431819

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*