नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले आफ्ना सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७।७६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ ।
हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ । नेपाल इन्सुेन्सको हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।