ङादी र राधीको शेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो बढी कारोबार

८ जेष्ठ २०८२, बिहीबार १५:०५

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा कुल ९ अर्ब ८२ करोड २० लाख ७० हजार रूपैयाँबराबरको शेयर किनबेच भएको छ।

जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक ६९ करोड १ लाख रुपैयाँको दोस्रोमा राधी जलविद्युतको ६० करोड ७१ लाख रुपैयाँको र तेस्रोमा कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यस्तै युनिभर्सल पावरको ४० करोड ८२ लाख रुपैयाँ, माउन्टेन इनर्जीको ३४ करोड १८ लाख रुपैयाँ, नेपाल रिको ३१ करोड ९१ लाख रुपैयाँ, हिमालय रिको २४ करोड १७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड ५२ लाखको, ग्लोबल आइएमई बैंकको २३ करोड २० लाख र सोल्टी होटलको २० करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*