गभर्नर डा.विश्वनाथ पौडललाई हरीयालीले स्वागत गर्दै बन्द यो साताको शेयर बजार

काठमाडौं । गभर्नर डा। विश्वनाथ पौडललाई स्वागत गरेको शेयर बजार हिजो घट्दै आज पुन उकालो यात्रामा लागेको छ ।
गभर्नर डा। विश्व पौडल शेयर बजारतर्फ सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । जसको प्रभाव शेयर इन्डेक्समा देखिएको छ।
चार सूचकमा हर बैंकिङ्ग र माईक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।
साताको अन्तिम दिन नेप्से इन्डेक्स १८।७० अंकले बढेर २६८८।२१ को विन्दुमा कायम भएको छ। सूचीकृत ३१४ कम्पनीको २ करोड २१ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ ।
शेयर बजारलाई नजिकबाट नियालिएका व्यक्तिले केन्द्रिय बैंकको जिम्मेवारी पाँउदा लगानीकर्ताको हित हुनेमा लगानीकर्ताहरु विश्वस्त छन् । तर गभर्नरलाई स्वागत गरेको बजारले हिजो जिम्मेवारी सम्हाल्दा चाँहि ओरालो यात्राको बाटो देखाउदै कारोबारको अन्तिम दिन सकारात्मक लय देखाएको छ।