नेको इन्स्योरेन्सको साधारण सभा आज, शेयरधनीलाई लाभांश प्रस्ताव

९ जेष्ठ २०८२, शुक्रबार ०७:५०

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारण सभा आज बिहान ११ बजेदेखि नक्सालस्थित लिसारा रिसेप्सनमा बस्दैछ।

उक्त सभाले चुक्ता पूँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता शेयरका लागि ७ कित्ताका दरले बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गरिसकेको छ। यसर्थ वैशाख २९ गतेसम्म कायम शेयरधनी कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*