हिम स्टार उर्जाले ११ करोडको आइपीओ ल्याउने, बोर्डले दियो अनुमति
९ जेष्ठ २०८२, शुक्रबार १६:०९

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हिम स्टार उर्जा कम्पनी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ११ लाख १९ हजार कित्ता हुन आउने ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपीओ जारी हुनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको बुकु–कपती जलविद्युत आयोजना निर्माण गरेको छ ।