सरकारले १ वर्षभित्र नेप्सेको पुनः संरचना गर्ने

९ जेष्ठ २०८२, शुक्रबार १७:१८

काठमाडौं । सरकारले निजी क्षेत्रको सहभागिता र पुँजी बृद्धिका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनः संरचना गर्ने भएको छ । सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ सार्वजनिक गर्दै अबको एक वर्ष भित्र नेप्से पुनः संरचना गर्ने जनाएको छ ।

सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनः संरचना गरी निजी क्षेत्रको शेयर सहभागितालाई बृद्धि गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा बजेटमा पनि नेप्से पुनः संरचनाको कार्ययोजना समावेश गरीरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*