सिटिजन लाइफ बोनस सेयर सूचीकृत

११ जेष्ठ २०८२, आईतवार १७:५५

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार सिटिजन लाइफको १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत चैत १५ गतेको वार्षिक साधारण सभाबाट २६।९८ प्रतिशत बोनस सेयर पारित गरेको थियो । सोही सेयर अहिले सूचीकृत भएको हो । उक्त बोनस सेयरपछि सिटिजनको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*