राधी र ङादीमा झुम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक शेयर कारोबार

१२ जेष्ठ २०८२, सोमबार १५:०४

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ अर्ब ५८ करोड ५० लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमा राधी विद्युत कम्पनीको सर्वाधिक ६४ करोड ३१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यसैगरी यस दिन ङादी ग्रुपको ५६ करोड ८६ लाख रुपैयाँ, युनिभर्सल पावरको ४५ करोड ३९ लाख रुपैयाँ, कुमारी बैंकको २१ करोड ९५ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १८ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

त्यस्तै सानिमा माई हाइड्रोपावरको १५ करोड २७ लाख रुपैयाँको, हिमालयन रिको १५ करोड २० लाख रुपैयाँको, नेपाल रिको १४ करोड ५४ लाख रुपैयाँको, एभरेष्ट बैंकको १४ करोड ४१ लाख रुपैयाँको र बुटवर पावरको १३ करोड ५२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*