लगानीकर्ताको उत्साहकाबीच किन घट्यो नेप्से इन्डेक्स ?

१२ जेष्ठ २०८२, सोमबार १५:१०

काठमाडौं । नेप्से प्रि सेसनमा उर्लिएको शेयर बजार कारोबार बन्द हुने समयमा राताम्मे हुँदै बन्द भएका छ ।

साताको पहिलो कारोबार दिन गत साता राष्ट्र बैंकको निर्णयले सकारात्मक प्रभाव पर्ने अनुमान लगानीकर्ताहरुले गरे पनि सो अनुरुप भने जान सकेन । लगानीकर्ताहरुले लामो समयदेखि मौद्रिक नितिमा कुरेर बसेको जोखिमभार १०० प्रतिशतमा घटाउने माग सम्बोधन भएपनि यसको प्रभाव आज नेप्से इन्डेक्समा देखिएको छैन ।

आज नेप्से २।९७ अंकले घट्दा २६७७ को विन्दुमा कायम भएको छ। ३३७ सूचीकृत कम्पनीको १ करोड ७१ लाख ६० हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ। चारउपसूचक बाहेक सबैमा गिरावट आएको छ।

बैंकिङ्ग, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ्ग बोहक सबै उपसूचक राताम्मे भएको छ। ट्रेडिङको उपसूचकमा भने आज उछाल आएको छ। राष्ट्र बैंकले गरेको जोखिम भारको निर्णय पछि पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको छ ।

अघिल्लो दिन मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षाले सबै किसिमका सेयर कर्जाको जोखिमभार १२५ प्रतिशतबाट १०० मा झारेको छ । यो नीति बजार अनुकूल रहे पनि लगानीकर्ताको मनोबल भने बढ्न सकेन ।

मुख्यतः बजेट घोषणा हुने दिन नजिकिँदै गर्दा लगानीकर्ता पूँजीगत लाभकरप्रति सशंकित भएका छन् । बजेटमार्फत पूँजीगत लाभकर बढ्न सक्ने अनुमान छ । यसले गर्दा बजारले गति लिन सकिरहेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*