पियोर इनर्जीको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

१२ जेष्ठ २०८२, सोमबार १६:१८

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आइपीओ सोमबार नेप्सेमा सूचीकृत भएको छ । यसको चुक्ता पुँजीका आधारमा कायम ८० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले पियोर इनर्जीलाई पहिलो कारोबारका लागि न्यूनतम ९६।४५ रुपैयाँदेखि अधिकतम २८९।३५ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ ।

मंगलबार स्पेसल प्रि ओपनिङ सेसनमा अर्डर म्याच भएमा यसको पहिलो कारोबार सोही रेन्जभित्र रहेर खुला हुनेछ । नेप्सेले यसको दोस्रो बजारमा कारोबारका लागि पीयुआरई संकेत दिएको छ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता आइपीओ बिक्री गरेको थियो । यता, सूचीकरणपश्चात यसको सेयर रजिष्ट्रारको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्ने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*