पियोर इनर्जीको आईपीओ एक महीनापछि सूचीकृत
१३ जेष्ठ २०८२, मंगलवार ०८:०२

काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको एक महीनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीले सर्वसाधारणमा गत वैशाख ११ गते आईपीओ बाँडफाँड गरेको थियो। जेठ १२ गते कम्पनीको सर्वसाधारणतर्फको १६ लाख कित्ता र संस्थापकतर्फको ६४ लाख कित्ता शेयर समेत गरी कुल ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले कम्पनीलाई ‘पीयूआरई’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता ९६ रूपैयाँ ४५ पैसादेखि अधिकतम २८९ रूपैयाँ ३५ पैसासम्मको मूल्य रेञ्ज तोकेको छ।
आज मंगलबार स्पेशल प्रि–ओपन सेसनमा कम्पनीको शेयर कारोबार भएपछि नियमित सेसनमा कारोबार शुरू हुनेछ।