युनिभर्सल पावर र राधी विद्युत लगानीकर्ताको रोजाइमा, अरू कुन कम्पनीको भयो बढी कारोबार?

१३ जेष्ठ २०८२, मंगलवार १५:०४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कुल ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँबढीको शेयर किनबेच भएको छ।

जसमध्ये युनिभर्सल पावर कम्पनीको सर्वाधिक ६३ करोड ५८ लाख रुपैयाँको शेयर किनबेच भएको छ। त्यसैगरी राधी विद्युतको ४७ करोड ३६ लाख रुपैयाँको र ङादीको ४२ करोड १९ लाख रुपैयाँबढीको शेयर किनबेच भएको छ।

त्यसैगरी सानिमा माई हाइड्रोपावरको २६ करोड ४३ लाख रुपैयाँको, बुटवल पावरको २५ करोड ८७ लाख रुपैयाँको, सीईडीबी होल्डिङ्सको १४ करोड ५७ लाख रुपैयाँको शेयर खरीद बिक्री भएको छ।

त्यस्तै ग्लोबल आइएमई बैंकको १४ करोड ४७ लाख रुपैयाँको, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड २० लाख रुपैयाँको, नारायणी विकास बैंकको १३ करोड ९२ लाख रुपैयाँको र सोल्टी होटलको १२ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*