बजेटमा पूँजीगत लाभकर बढाउने बिषयले लगानीकर्ता अन्यौलमा, विकास बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । पुँजी बजारमा राष्ट्र बैंकले मौद्रिक नितिमार्फत खुकुलो निति लिएपनि बजेटमा सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर बढाउने तयारी गरेसँगै लगानीकर्ताहरु अन्यौलमा परेका छन्।
सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकर दोहोरो अंकमा र्पुयाउने सरकारले तयारी गरेको छ। सो कारण शेयर बजारमाा हिजो पनि सुधार देखिन सकेन ।
साताको दोस्रो दिन नेप्से इन्डेक्स नेप्से २।५३ अंकले बढ्दा २६७७।३० को विन्दुमा कायम भएको छ।
सूचीकृत ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता शेयर खरिदबिक्रि हु्ँदा ६ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ। ६ कम्पनीको उपसूचक बाहेक सबैको उपसूचकमा हरीयाली छाएको छ। आज विकास बैंकको शेयरमा उछाल आएको छ।
कुल ८५ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो । विकास बैंक समूह सबैभन्दा धेरै १।६६ प्रतिशत बढ्यो । बैंकिङ ०।४०, हाइड्रोपावर ०।१४, उत्पादन ०।२९ तथा व्यापार समूह ०।९५ प्रतिशत बढे ।
फाइनान्स ०।६१, लगानी ०।२६, जीवन बीमा ०।५४, माइक्रोफाइनान्स १।१३, निर्जीवन बीमा ०।५५, होटल तथा पर्यटन ०।०९ तथा अन्य समूह ०।२० प्रतिशत घटे ।
आज पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, भूगोल इनर्जी र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।
पियोर इनर्जी आजैदेखि कारोबारमा आएको हो । अन्तिम मूल्य प्रतिकित्ता ३१८ रुपैयाँ २० पैसा कायम भएको छ । त्यस्तै बुटवल पावरको ७।९५, अपरहेवाखोलाको ७।७६, सप्तकोशी विकास बैंकको ७।६ प्रतिशत मूल्य बढ्यो ।
गुराँस लघुवित्तको मूल्य ७।०९, उपकार लघुवित्तको ४।७९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनिभर्सल पावर, राधि विद्युत्, ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर तथा बुटवल पावर क्रमशः अगाडि रहे ।