पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयर मूल्य बढ्यो ?
१३ जेष्ठ २०८२, मंगलवार १५:१७

काठमाडौं । साताको दोस्रो दिन नेप्से इन्डेक्स नेप्से २।५३ अंकले बढ्दा २६७७।३० को विन्दुमा कायम भएको छ।
सूचीकृत ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३ सय ९४ कित्ता शेयर खरिदबिक्रि हु्ँदा ६ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ। ६ कम्पनीको उपसूचक बाहेक सबैको उपसूचकमा हरीयाली छाएको छ। आज विकास बैंकको शेयरमा उछाल आएको छ।
आज पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक, आम मेगा श्री, ग्रिन डेभलपमेन्ट बैंक, पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, अपर हावाखोला, वुटवल पावर, युनिभर्सल पावर, सप्तकोशी विकास बैंक र सिन्धु विकास बैंकको शेयर मूल्य वृद्धि भएको छ।