सान्भि इनर्जीको आइपीओमा कति पर्यो आवेदन ?
१३ जेष्ठ २०८२, मंगलवार १९:५६

काठमाडौं । सान्भि इनर्जी लिमिटेडको आइपीओमा २ अर्ब ५८ करोड ९० लाख ६२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएससीका अनुसार मंगलबार कार्यालय समयसम्म २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ताको लागि आवेदन दिएका छन् ।
यो माग भन्दा १०।७१ गुणा बढी हो । सान्भि इनर्जीले जेठ ९ देखि १३सम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो ।