डा. सुनिल शर्माको घरमा भेटियो स्पीटिङ कोब्रा सर्प, उद्धारकर्ता नै घाइते

काठमाडौं । नेपालमा विश्वकै दुर्लभ मानिने स्पिटिङ कोब्रा नामक गोमन साँप भेटिएको छ । पूर्वी नेपालको विराटनगरमा यस्तो दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प भेटिएको हो ।
विराटनगर महानगरपालिका–४, नोबेल अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सांसद डा.सुनील शर्मा घर कम्पाउण्डमा उक्त सर्प भेटिएको हो ।
अत्यन्तै घातक र मुखले नटोक्दै परबाट बिष फ्याकेर समेत मानिसलाई घाइते बनाउन सक्ने क्षमता भएको उक्त सर्प उद्धारको क्रममा स्थानीय सम्भु घिमिरेलाई सामान्य बिष समेत परेर घाइते भएका छन् ।
डा. शर्माको घरबाट उद्धार गरिएको उक्त सर्पलाई सुरक्षित स्थानमा छोडिएको उद्धारकर्ताहरुले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
घरमा सर्प भेटिएको बिषयमा सांसद सुनिल शर्मासँग सम्पर्क गर्न खोज्दा कुनै प्रतिक्रिया दिन चाहेनन् ।
तस्विरः दधि सापकोटाको फेसबुकबाट ।