आज ङादी ग्रुपको मात्रै एक अर्ब रूपैयाँ बढीको शेयर किनबेच
१४ जेष्ठ २०८२, बुधबार १५:०५

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल ८ अर्ब ५८ करोड ६० लाख रूपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। जसमध्ये ङादी ग्रुपको सर्वाधिक १ अर्ब ५ रूपैयाँबढीको शेयर कारोबार भएको छ।
त्यसैगरी राधी विद्युतको ६० करोड ८ लाख रुपैयाँको, युनिभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको, बुटवल पावरको ३५ करोड ६ लाख रुपैयाँको र कुमारी बैंकको २१ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ।
सानिमा माइ हाइड्रोवारको १८ करोड ८९ लाख रुपैयाँको, सोल्टी होटलको १८ करोड ११ लाख रुपैयाँको, ग्लोबल आइएमई बैंकको १८ करोड ७ लाख रुपैयाँको, एशियन लाइफको १६ करोड ६७ लाख रुपैयाँको र अरुण काबेली पावरको १५ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ।