अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु यस्ता छन्

काठमाडौं । अर्थतन्त्रमा अर्थमन्त्री विष्णु पौडेलले देखेको चुनौतीहरु रहेको बताएका छन् । आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक पेश गर्ने क्रममा अर्थमन्त्रीले चुनौतीहरुको फेहरिस्त प्रस्तुत गरे ।
समयमै पर्याप्त कानुनी व्यवस्था गर्न नसक्दा तथा अनुसन्धान तथा अभियोजन प्रभावकारी हुन नसकदा मुलुक सम्पत्ति शुद्धीकरणको सघन अनुगमन सूचीमा परेको छ ।
– परम्परागत खेती प्रणालीमा सुधार हुन नसक्दा कृषि क्षेत्रको उत्पादकत्व न्युन रहेको छ भने युवामा खेतीप्रति आकर्षण बढ्न सकेको छैन ।
– नवप्रवर्तन तथा प्रविधिको उपयोगको कमी, न्युन उत्पादकत्व र अधिक उत्पादन लागतले गर्दा कुल राष्ट्रिय आयमा उत्पादनमूलत क्षेत्रमा योगदान अपेक्षा गरेअनुसार हुन सकेको छैन ।
– समग्र मागमा आएको कमीले गर्दा उद्योग क्षेत्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन ।
– भौतिक पूर्वाधारमा गरिएको लगानी आर्थिक क्रियाकलाप विस्तारमा प्रतिविम्बित हुन नसक्दा उत्पादन वृद्धिमा बाञ्छित योगदान हुन सकेको छैन ।
– जलवायु परिवर्तनको नकारात्मक असर कृषि, खानेपानी, सिंचाइलगायतका क्षेत्रमा बढ्दै गएको छ ।
– डिजिटल पूर्वाधारको कमीले डिजिटल अर्थतन्त्रको विकासको गति सुस्त रहेको छ ।
– मुलुकको श्रमबजार र उत्पादित जनशक्तिको सीपबीच सामञ्जस्य बन्न सकेको छैन ।
– औद्यागिक र निर्माण क्षेत्रमा आवश्यक जनशक्ति विदेशबाट आपूर्ति भइरहेको छ ।
– स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना हुन नसक्दा दक्ष र अर्धदक्ष जनशक्तिसमेत विदेश पलायन हुने प्रवृत्ति चिन्ताजनक अवस्थामा छ ।
– गरिबीको रेखामुनिको जनसंख्याको अनुपात अझै उच्च छ ।
– मुलुकको कुल स्थिर पूँजी निर्माणमा निजी क्षेत्रको योगदान अपेक्षाकृत बढ्न सकेको छैन ।
– लगानी जोखिम व्यवस्थापन गर्न विकसित भएका नयाँ– नयाँ वित्तीय उपकरणहरूलाई प्रभावकारी रुपमा परिचालन गर्न सकिएको छैन ।
– पहिलोपटक सम्पन्न भएको मुलुकको क्रेडिट रेटिङबाट तुलनात्मक अनुकुल नतिजा प्राप्त भए पनि त्यसबाट लाभ लिन बाँकी नै छ ।
– नीतिगत र कानुनी सुधार गरिए पनि अपेक्षाकृत विदेशी पूँजी र प्रविधि आकर्षित हुन सकेको छैन ।
– निर्यात विस्तार र विविधिकरण हुन नसक्दा उच्च व्यापार घाटा कायमै छ ।
– कमजोर उत्पादन क्षमताले गर्दा उपभोग्य वस्तुको आयात उच्च छ ।