ट्रेड टावरको आइपीओमा आवेदन दिने समय थप

१९ जेष्ठ २०८२, सोमबार ०९:४३

ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने समय थप भएको छ । अब यस कम्पनीको आइपीओमा मंगलबारसम्म आवेदन दिन सकिन्छ । यसअघि कम्पनीले जेठ १९ गतेसम्म निष्कासन तथा बिक्री खुला गर्ने जनाएको थियो । तथापि, जेठ १८ गते भोटो जात्राको लागि उपत्यकाभित्र सार्वजनिक विदा दिएकोले निष्कासन अवधि एक दिन थप गरेको कम्पनीले जनाएको छ ।

ट्रेड टावरले जेठ १४ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर निष्कासनमा ल्यएको हो । यसले जारी पुँजी ८१ करोड ५६ लाख रुपैयाँको ४८।६९६ प्रतिशत अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ निष्कासन गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आइपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि निष्कासन खुला गरिएको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

यो आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयरमार्फत आवेदन दिन पाइनेछ । यस आइपीओको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

इक्रा नेपालले यस कम्पनीको आइपीओलाई इक्रा एनपी डबल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । इक्रा नेपालले २०८१ मघ ७ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ माघ ७ गतेसम्म बाहल रहनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*