शेयर बजारमा हरियाली, सबै इन्डेक्स बढेसँगै १० अर्बको कारोबार
२७ जेष्ठ २०८२, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९ को बिन्दुमा कायम भएको छ ।
आज कुल ३११ वटा कम्पनीको दुई करोड ३६ लाख ९७ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ १० अर्ब १६ करोड नौ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसदिन कारोबार भएका सम्पूर्ण इन्डेक्समा हरियाली छाएको छ ।
मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज दुई कम्पनीको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।