मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

२७ जेष्ठ २०८२, मंगलवार १५:१२

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार पनि शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २६.२४ अंकले बढेर २६७९ को बिन्दुमा कायम भएको छ ।

मंगलबार कारोबार भएको १९६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । जसमा आज दुई कम्पनीको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।

आज पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समृद्धि फाइनान्स, जानकी फाइनान्स, रिलायन्स फाइनान्स लगायतका कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*