नेको इन्स्योरेन्सको हकप्रद सूचीकृत, कहिले हुन्छ कारोबार ?
२९ जेष्ठ २०८२, बिहीबार १६:३३

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहीबार कम्पनीको हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको हो ।
बिहीबार कम्पनीको २५ प्रतिशत हकप्रद बराबरको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको उक्त शेयर अब आइतबार दोस्रो बजारमा कारोबार हुने प्रावधान छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।