नेपाल इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन, कतिमा खुला कारोबार ?
२९ जेष्ठ २०८२, बिहीबार १६:४०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बिहीबार, कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो ।
जसमा कम्पनीको ३४.७८२६०८७ प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ कम्पनीको आजको अन्तिम कारोबार मूल्य ७८२.८७ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ ।
समायोजन पश्चात कम्पनीको मूल्य ६०६.६५ रुपैयाँ कायम भएको छ । योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।