ट्रेड टावरको आइपीओ यी तरिकाबाट हेनुहोस्
१ असार २०८२, आईतवार ०९:५५

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।
होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयर निष्काशन गरेको थियो ।
नतिजा सार्वजनिक भएपछि बिक्रि प्रबन्धक सनराईज क्यापिटलको वेबसाइट https://lscapital.com.np/ipo सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ ।
ट्रेड टावरको आईपीओ बाँडफाँड सम्पन्न, ३ लाख २९ हजार ६५० जनाले हात पारे शेयर