मिडिल मोदी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
५ असार २०८२, बिहीबार ०८:०९

काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित असार २९ गते कम्पनीको सभा कक्षमा दिउँसो १ बजे तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईओ) गर्ने र सोबाट प्राप्त रकमको उपयोग सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र आईपीओ निष्कासनका लागि आवश्यक सबै कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिनेछ।