स्वस्तिक लघुवित्तले २ करोड ३१ लाखको आइपीओ ल्याउने, बोर्डले दियो अनुमति
५ असार २०८२, बिहीबार १७:११

काठमाडौ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ ।
अब कम्पनीले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।