दोर्दी खोलाको ८४ लाख कित्ता शेयरको लकइन अवधि भोलि सकिंदै

६ असार २०८२, शुक्रबार १२:४२

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको ८४ लाख १२ हजार ९६० कित्ता शेयरको लकइन अवधि भोलि साउन ७ गतेबाट सकिंदैछ।

भोलिबाट यस कम्पनीको संस्थापक समूहको ७५ लाख ९० हजार ६७५ कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ७ लाख ५६ हजार ४२० कित्ता र कम्पनीका कर्मचारीतर्फको ६५ हजार ८६५ कित्ता शेयरको लकइन सकिन लागेको हो।

यस कम्पनीले आईपीओ निष्कासन गरी सर्वसाधारणलाई २०७९ साल असार ८ गते बाँडफाँड गरेको थियो। सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कम्पनीका कर्मचारीको शेयर लकइनमा राख्ने प्रावधान अनुसार शेयर लकइनमा थियो।

भोलि लकइन अवधि सकिएसँगै आइतबारबाट यी शेयरहरू किनबेच गर्न सकिनेछ। तर कम्पनीको उच्च तहमा कार्यरत कर्मचारीले भने शेयर कारोबार गर्न नपाउने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*