खानीखोला हाइड्रोपावरले पायो १०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमति

१० असार २०८२, मंगलवार १८:२३

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमती प्रदान गरेको हो ।

कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डबाट अनुमति पाएको हो । यसमा सिटिन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद सेयरशेयरबाट प्राप्त रकम बैंकको ऋण तिर्नका लागि प्रयोग गर्ने जनाएको छ । हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ रहको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*